Published On:Sunday, February 9, 2014
Posted by Unknown

काग्रेससँग मिलेर सरकार बनाउने एमालेको निर्णय

UML Party Officeकाठमाडौ, माघ २६ - एक बर्षभित्र संबिधान जारी गरेपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने कांग्रेस प्रस्ताव स्वकार गर्दै एमालेले सरकारमा सामेल हुन सहमत भएको छ । आज बसेको एमाले स्यायी समितिको वैठकले कांग्रेसको प्रस्तावलाई स्वीकार्दै सरकारमा सामेल हुने निर्णय गरेको हो । स्यायी समितिको वैठकले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

संबिधानसभा भवन नयाँ बानेश्वसरमा बसेको कांग्रेस संसदीय दलको वैठकले एक बर्ष भित्र संबिधान जारी गरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने प्रस्ताव एमालेलाई पठाएको थियो ।

एमालेको निर्णयसँगै दुई पार्टीबीच सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले आज साँझ ५ बजेसम्मको समय दिएको छ ।

कांग्रेसले पार्टीको तर्फबाट सभापति सुशिल कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ । एमालेको निर्णयसँगै कोइरालाको नेतृत्वमा सरकार गठन गर्ने बाटो खुलेको छ ।

About the Author

Posted by Unknown on 2:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 2:32 AM. Filed under . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "काग्रेससँग मिलेर सरकार बनाउने एमालेको निर्णय"

Leave a reply

tekman shakya. Powered by Blogger.