Published On:Thursday, August 28, 2014
Posted by Tekman Shakya

राजदूतको विरोधमा बैद्य माओवादीको बन्द

कृष्ण आचार्य 
१२ भदौ, चितवन । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपालको आर्थिक विकासका लागि पीडीए सम्झौता हुने विश्वास व्यक्त गरेका छन् ।
Ranjit Reyरिपोर्टर्स क्लव नेपाल, चितवन शाखा भरतपुरले बिहीबार गरेकोे साक्षात्कार कार्यक्रममा बोल्दै राजदुत रेले नेपालको विकास जलविद्युतसँग जोडिएकाले यो सम्झौता हुनेमा विश्वास व्यक्त गरेका हुन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ऐतिहासिक भएको भन्दै यसले दुबै देशको सम्बन्ध प्रगाढ बनाएको बताए । पीडीए सम्झौताले नेपालको आर्थिक विकासमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै यो सम्झौता गर्न आवश्यक रहेको राजदूत रेको तर्क थियो ।
‘नेपालको विकास लागि भारत सधैं तत्तपर छ, सदियौंदेखि भारतले नेपालमा सहयोग गरिरहेको छ’, राजदूत रेले भने, ‘यो सहयोग अझै बढाउन भारत तयार छ, नेपालको हरेक क्षेत्रमा विकासको सम्भावना रहेकाले यसमा सबैको ध्यान जान जरुरी छ ।’
राजतदुत राय चितवनको माडीमा भारत सरकारको सहयोगमा निर्माण भएको माडी बहुमुखी क्याम्पसको भवन उद्घाटन गर्न चितवन पुगेका हुन् ।
राजदूत रे चितवन आएपछि वैद्य नेतृत्वको नेकपा-माओवादी चितवनले शुक्रबा चितवन बन्दको घोषणा गरेको छ । राजदूत रेको विरोधमा बन्द आह्वान भएपछि चितवनमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

About the Author

Posted by Tekman Shakya on 6:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Tekman Shakya on 6:38 AM. Filed under . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "राजदूतको विरोधमा बैद्य माओवादीको बन्द"

Leave a reply

tekman shakya. Powered by Blogger.