Published On:Friday, August 29, 2014
Posted by Unknown

कला क्षेत्रमा भाइरस पस्यो : नवल खड्का

nwal-khadkaबिहिबार चलचित्र क्षेत्रका केही व्यक्तीहरुले संचारमन्त्री डाक्टर मिनेन्द्र रिजाललाई भेटि कलाकारहरुको बर्गीकरणको कुरा गरेका थिए । कलाकार संघको यसमा सहभागीता नभएपछि यसका अध्यक्ष नवल खड्का चिडिएका छन् । उनले कला क्षेत्रमा भाइरस पसेको जनाएका छन् । नवलले अनलाइनखबरसँग कुरा गर्दै यसो भने :
चलचित्र क्षेत्रमा लागेका केही व्यक्तिहरुले सञ्चारमन्त्रीलाई भेटेर ग्रेडिङका बारेमा कुरा गरेको मैले पनि सुनें । त्यसरी मन्त्रीलाई भेट्दै हामीलाई क, ख वा अरु कुनै वर्गमा पारिदिनु पर्‍यो भन्नेहरु चलचित्र क्षेत्रका भाइरस हुन् ।
ग्रेडिङ भन्ने कुरा कुनै व्यक्तिले लहडमा बनाएर हुन्न । अर्को कुरा क र ख केका आधारमा गर्ने ? अहिले चलचित्र क्षेत्रका केही भाईरसहरु सक्रिय हुन थालेको महसुस भईरहेको छ । हाम्रो कलाकार संघले त्यस्ता भाइरसहरुले गरेको कुनै पनि निर्णय मान्दैन । ग्रेडिङको बारेमा हामीले मापदण्ड बनाएका छौं । हामीले बनाएको मापदण्ड कार्यसमितिबाट समेत पास भइसकेको छ ।
जबकि कलाकार संघ भनेको आफैमा सबैभन्दा धेरै (हजारभन्दा बढी) सदस्य भएको संस्था हो । राज्यले ग्रेडिङको कुरा गर्ने हो भने कलाकार संघलाई बेवास्ता गरेर अघि बढ्नै सक्दैन । र अर्को कुरा ग्रेडिङको सम्बन्ध केबल कलाकारसँगै मात्रै हुन्छ ।
म त सुन्छु हाम्रा सञ्चारमन्त्री अहिले केही ठेकेदारहरुलाई लिएर हिँड्नु भएको छ रे । जोसँग ग्रेडिङका बारेमा सामान्य जानकारी समेत छैन भने त्यस्ता व्यक्तिले गरेको कुनै पनि निर्णय हाम्रो संघ र संघमा आवद्ध साथीहरुलाई मान्य हुने छैन ।
-

About the Author

Posted by Unknown on 1:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 1:00 AM. Filed under . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "कला क्षेत्रमा भाइरस पस्यो : नवल खड्का"

Leave a reply

tekman shakya. Powered by Blogger.