Published On:Wednesday, February 5, 2014
Posted by Unknown

संविधानसभा सदस्य निर्वाचन


२२ माघ, काठमाडौं । संविधानसभा सदस्य निर्वाचन अध्यादेश-२०७० लाई पारित गराउने उद्देश्यले बुधबार व्यवस्थापिका संसदमा शुरु भएको छलफल जातीय बहसतर्फ अघि बढेको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी सभासद रुक्मिणी चौधरीले संविधानसभा सदस्य निर्वाचन अध्यादेश-२०७० मा मधेसी कोटा अन्तरगत थारुहरुलाई राखिएकोमा विरोध जनाउँदै अध्यादेश अस्वीकार गर्न प्रस्ताव गरेपछि व्यवस्थापिका संसदमा जातीय बहस सघन बनेको हो ।
नेपालको संविधानमा मधेसी शब्द नभएको भन्दै सभासद चौधरीले मधेसीको कोटाबाट थारुहरुलाई सभासद बनाइएको भन्दै थारुको पहिचान मेटाउने अध्यादेश अस्वीकार गर्न प्रस्ताव गरेकी छन् । चौधरीको प्रस्तावको पक्षमा सभासद गोपाल दहित, लक्ष्मी चौधरी, सीपी मैनाली लगायतले बोल्दै थारुहलाई मधेसीको कोटामा राख्न नमिल्ने जिकिर गरेका छन् । माले नेता सीपी मैनालीले आफू मधेसमा जन्मेको भए पनि किन मधेसी भइएन भन्ने प्रश्न गर्दै अध्यादेशमाथि पार्टीको तर्फबाट विमति जनाए ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद लालबाबु राउतले आफू मुस्लिम समुदायको बताउँदै व्यवस्थापिकामा हिन्दी भाषामा बोल्दै मधेसमा बस्नेहरु सबै मधेसी भएको र थारुहरु पनि मधेसी नै भएको बताए । सभासद हरिचरण साहले प्रस्तावमा सबैलाई समान सहभागिता गरियोस् भन्ने माग गरे ।
चौधरीको प्रस्तावमा थारु समुदायका सभासद एवं अल्पसंख्यक मुस्लिम सभासदहरुले बोलिरहेका छन् । एमाओवादीका सभासद मोहमद जाकिर हुसैनले आफू पहिचानका लागि रोष्टममा उभिएको बताएका छन् । हुसैनले मधेसीको कोटाभन्दा बेग्लै मुस्लिम समुदायको पहिचान स्थापना गरिनुपर्ने बताए । अध्यादेशले मुस्लिम समुदायलाई छाडेको भन्दै हुसैनले विरोध जनाए ।
व्यवस्थापिका संसदमा साना दलका सभासदसँगै कांग्रेस नेता महेस आचार्यले पनि बहसमा भाग लिएका छन् । बहसपछि चौधरीको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

About the Author

Posted by Unknown on 2:10 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 2:10 AM. Filed under , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "संविधानसभा सदस्य निर्वाचन "

Leave a reply

tekman shakya. Powered by Blogger.