Published On:Wednesday, February 5, 2014
Posted by Unknown
परिचय पत्रमा देशको नाम नै उल्लेख नभएको
२२ माघ, काठमाडौं । संविधानसभा सदस्यहरुको परिचय पत्रमा देशको नाम नै उल्लेख नभएको भएको भन्दै व्यवस्थापिका संसदमा विरोध भएको छ ।
संसदको बुधबारको बैठकमा कांग्रेस सभासद रामहरि खतिवडाले सभासदहरुको परिचय पत्र परिर्वतन गर्न माग गरेका हुन् । उनले भनेका छन्-यो कुन देशको संविधानसभा हो । हामीलाई दिइएको परिचय पत्रमा नेपाल भन्ने शब्द नै छैन ।’
यद्यपि सभासदहरुलाई वितरण गरिएको परिचय पत्रमा राखिएको संसदको लोगोमा नेपालको झण्डा र नक्सा प्रष्ट छ ।
संसदको बैठकमा सभासदहरुले अहिले विभिन्न विषयमा सदनको ध्यानाकर्षण गराइरहेका छन् । एमाले सभासद कर्णबहादुर थापा, कांग्रेस सभासद खतिवडा लगायतले दु्रत सेवाको एमआरपी देशभरबाट वितरण गर्नु पर्ने माग गरेका छन् ।