Published On:Thursday, April 17, 2014
Posted by Unknown
एमाओवादीको प्रश्न-नर्वेजियन दूतावासबाट कनकमणिलाई आएको पैसा के हो ?
४ बैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेको छ । संसदको बैठक सुरु हुनासाथ माओवादी सभासदहरु उठेर विरोध गरेका थिए ।
सभामुखसँग समय लिएर एमाओवादी सभासद शक्ति बस्नेतले आफूहरुको उठाएको विषयप्रति सरकार गम्भीर नभएको भन्दै आपत्ति जनाए । सरकार इमान्दार नभएको भन्दै उनले कसैको व्यक्तिगत रुची वा समूहगत स्वार्थमा शान्ति प्रक्रिया चल्न नसक्ने बताए ।
उनले नर्वेजियन दूतावासबाट कनकमणि दिक्षितलाई रकम आएको भन्दै प्रष्ट पार्न माग गरे । उनले भने-लण्डनको एमएसबीसी बैंकबाट केके दक्षितको नाममा ५० हजार डलर आएको देखिएको छ । यसबारे सत्यतथ्य के हो ? ‘
फुजेल काण्डमा चलाइएको मुद्दा फिर्ताको माग गर्दै माओवादीले दोस्रो दिन संसद बैठक अवरुद्ध पारेको हो । माओवादी अवरोधपछि संसद बैठक शुक्रबार ११ बजे बस्ने गरी स्थगित भएको छ ।
यसअघि बुधबार दुई पटक बसेको बैठक माओवादी अवरोधकै कारण स्थगित भएको थियो ।