Published On:Thursday, April 17, 2014
Posted by Unknown
स्नेतले भने – ‘दीक्षितलाई आएको ५० हजार डलर के का लागि’
व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेपछि पत्रकारसँग कुरा गर्दै नेता डाक्टर बाबुराम भट्टराईले फुजेल काण्ड केही व्यक्तीको स्वार्थमा गरिएको र पक्राउ परेका कार्यकर्ता निर्दोष रहेको दावी गरे । संसद बैठकमा एकीकृत माओवादीका सभासद शक्ती बस्नेतले शान्ति प्रक्रियामा सरकारल नैै व्यवहारिक प्रतिवद्धता जनाउनु पर्ने माग गरे ।
उनले भने – ‘नर्वेजियन दुतावासबाट कनकमणि दीक्षितको नाममा आएको ५० हजार डलर के का लागि ? शान्ति प्रक्रिया माओवादीको मात्रै नभएको बताउँदै बस्नेतले सरकारले व्यवहारिक प्रतिवद्धता जनाउनु पर्ने बताए ।
बस्नेतले पक्राउ परेका कार्यकर्ताको विरुद्धको मुद्धा फिर्ता लिएर रिहा नगरेसम्म संसद बैठक चल्न नदिने बताए । एकीकृत माओवादीको अवरोधका कारण आज पनि संसद बैठक स्थगित भएको छ । आफ्ना कार्यकर्तालाई हत्याको अभियोगमा मुद्दा चलाएको विरोधमा एकीकृत माओवादीले अवरोध गरेपछि बैठक भोली विहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
द्वन्दकालका घटना सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुंग्याउनुपर्ने भन्दै एकीकृत माओवादीले संसदमा विरोध जनाइरहेको छ । माओवादीको विरोधका कारण हिजाको संसद बैठक पनि स्थगित भएको थियो । अवरोधका कारण सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानवीन सम्बन्धी आयोगको विधेयक पेश हुन सकेको छैन ।