Published On:Thursday, April 17, 2014
Posted by Unknown
तलब नपाएपछि माग्ने बुढा र तक्मे बुढा ‘मेरी बास्सै’बाट बाहिरिए
चर्चित हाँस्य सिरियल ‘मेरी बास्सै’का दुई चर्चित पात्र माग्ने बुढा र तक्मे बुढा अहिले देखिन छाडेका छन् । तक्मे बुढा अर्थात विल्सन विक्रम राई र माग्ने बुढा अर्थात केदार घिमिरे हाँस्य सिरियलमा नदेखिएपछि विभिन्न खालका चर्चा पनि हुने गरेका छन् ।
केही दिन अगाडीसम्म केदार र विल्सनले अभिनय गरेका केही पुराना दृश्यहरु प्रशारण भएको थिए। तर गतहप्तादेखि ती दृष्य पनि रोकिएको छ । तक्मे र माग्ने बुढाले नयाँ दृश्य खिच्न अस्विकार गरेपछि यस्तो परिस्थिती सिर्जना भएको वुझिएको छ ।
विगत ८ महिनादेखि ‘मेरी बास्सै’का कलाकारले तलब पाएका छैनन् । जसका कारण केदार र विल्सनले तलब नपाएसम्म नयाँ दृश्य नखिच्ने अडान लिएका हुन् । तर यसको निर्माण कम्पनी मिडिया हबले भने नयाँ दृश्य खिचेर ल्याउन अाग्रह गरेको थियो ।
तलब नपाएपछि विल्सन र केदार घिमिरेले नयाँ सिरियल बनाउने तयारी गरेको श्रोत बताउँछ । अहिले धुर्मुस अर्थात सिताराम कट्टेलको मात्र दृश्य समावेश गरिएको भाग प्रशारण भैरहेको छ । यस बिषयमा सितारामसँग वुझ्न खोज्दा उनले कुनै प्रतिक्रिया दिन मानेनन् ।
सिरियलमा सुन्तलीको भूमिकामा देखिने उनकी पत्नी कुन्जना घिमिरे पनि सन्तानलाभका कारण पछिल्ला दुइ महिनादेखि सिरियलमा देखिएकी छैनन् ।
सिताराम र केदारको शितयुद्ध चलेको पनि लामै समय भैसकेको छ । यसैले पनि सिताराम र केदारले छुट्टाछुट्टै रुपमा दृश्य खिच्ने गर्दथे । कलाकार निकट सूत्रहरूले दिएको जानकारीअनुसार अरू दुई चर्चित हाँस्य सिरियल ‘तितो सत्य’ र ‘जिरे खुर्सानी’का कलाकारले पनि मिडिया हबबाट पाउनु पर्ने रकम पाएका छैनन् ।