Published On:Sunday, September 14, 2014
Posted by Tekman Shakya

बोगटीको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाडौं, भदौ २९ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको नर्भिक अस्पतालले जनाएको छ ।

बोगटीको उपचारमा संलग्न चिकित्सकीय टोलीलाई उद्धृत गर्दै अस्पतालले आइतबार जारी गरेको विज्ञप्तीमा उनलाई भेन्टिलेटरमा राखेर रक्तचाप अपेक्षित स्तरमा कायम राख्ने औषधिका साथै अन्य औषधिहरु दिइराखिएको जानाइएको छ ।

चिकित्सा विज्ञानका नयाँ आविस्कारहरुले काम नगर्ने भएपछि बोगटीको जीवनरक्षाका निम्ती केवल परम्परागत र जीवनदायी औषधोपचार गर्ने विकल्पमात्रै बाँकी रहेको अस्पतालले जनाएको छ । उनको मस्तिष्कको देब्रे भागमा बृहत रक्तश्रावसहित रगत जमेको छ । हाल उनको शरीरको दाहिने भागमा पक्षघात भएको छ । बोगटीको विशेषज्ञ प्राध्यापक डाक्टर यादवदेव भट्टको नेतृत्वमा रहेको टोलीले उपचार गरिरहेको छ । विज्ञप्तीको पूर्णपाठ
10518310_10203877771217956_7882204323017090193_o
- See more at: http://www.nepalikonews.com/postabahadur-bogati-health-update/#sthash.nFRXg2T4.dpuf

About the Author

Posted by Tekman Shakya on 5:00 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Tekman Shakya on 5:00 AM. Filed under , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "बोगटीको स्वास्थ्य अवस्था चिन्ताजनक"

Leave a reply

tekman shakya. Powered by Blogger.