Published On:Monday, September 22, 2014
Posted by Tekman Shakya
चेल्सीविरुद्ध लाम्पार्डको गोल
६ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिका दावेदार चेल्सी र म्यानचेष्टर सिटीले बराबरी खेलेका छन् । आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा फ्राङ्क लाम्पार्डले पूर्व क्लब चेल्सीविरुद्ध गोल गरेपछि सिटीले १–१ को बराबरी खेलेको हो ।
सिटीको घरेलु मैदान इत्तेहाद स्टेडिममा भएको खेलको पहिलो हाफमा दुबै टोलीबाट गोल हुन सकेन । ६६ औं मिनेटमा जाबालेटा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए ।
७१ औं मिनेटमा आन्द्रे सुर्लेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
तर, ८५ औं मिनेटमा लाम्पार्डले पूर्व क्लब चेल्सीविरुद्ध गोल गरे । १३ वर्ष चेल्सीमा विताएका उनले गोलको खुसी भने मनाएनन् । यसै सिजन न्यूयोर्क सिटी गएका उनी लोनमा म्यानचेष्टर सिटी आएका थिए ।