Published On:Monday, September 22, 2014
Posted by Tekman Shakya
राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्रको हवाई अवलोकन
धनगढी, ६ असोज । राष्ट्रपति डा. रामवरण यादवले गएको साउनको अन्तिम साता कैलालीको पूर्वी क्षेत्रमा आएको बाढी र डुबानबाट प्रभावित क्षेत्रको सोमबार हवाई अवलोकन गरेका छन् ।
साउनको अन्तिम साता कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा आएको विनासकारी बाढीले कैलालीको पूर्वी क्षेत्रका धनसिंपुर, नारायणपुर, पथरैया, लालबोझी, दुर्गौली, जानकीनगर, बलिया गाविस र टीकापुर नगर क्षेत्रमा क्षति पु¥याएको थियो ।
हवाई अवलोकनपछि टीकापुरस्थित टीकापुर बहुमुखी क्याम्पसमा उपस्थित भएका बाढीपीडित, सुकुम्बासी र मुक्तकमैयाहरुसँग राष्ट्रपति यादवले भेटघाट गरे ।
सो अवसरमा कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले बाढी र डुबानबाट पुगेको क्षति र प्रभावित परिवारलाई वितरण गरिएको नगद, खाद्यान्न र गैरखाद्य सामग्रीबारे जानकारी गराएका थिए ।
प्रजिअ लेखकले जिल्लाका अन्य समस्याहरुबारे समेत जानकारी दिए । साउन अन्तिम साताको बाढी र डुबानको समस्याले कैलालीमा चारजनाको मृत्यु र आठजना घाइते भएका थिए । यस्तै, एक हजार १४५ घर पूर्ण क्षति भएको र झन्डै दुई हजार २०० घरमा आंशिक क्षति पुगेको थियो ।
राष्ट्रपति डा. यादवसमक्ष बाढीपीडित, सुकुम्बासी, मुक्तकमैया, टीकापुर अस्पताल, उद्योग वाणिज्य सङ्घले आ–आफ्ना समस्या समाधानका लागि ज्ञापनपत्रसमेत दिएका थिए ।
टीकापुर बहुमुखी क्याम्पसको स्वामित्वमा रहेको ३८० बिघा क्षेत्रफलको जग्गामध्ये झन्डै ३०० बिघा जग्गा अतिक्रमणमा परेकाले समस्या समाधानका लागि पहल गरिदिन क्याम्पस प्रमुखले राष्ट्रपतिसमक्ष आग्रह गरेका दिए ।
क्याम्पसको जग्गा सुकुम्बासी, बाढीपीडित र मुक्तकमैयाले अतिक्रमण गरी बसेको जनाइएको छ ।
राष्ट्रपतिका साथमा सिँचाइ मन्त्री एनपी साउदसमेत थिए ।